पाँच ५ वर्षमा गरेका कामले मतदाताको मन जितेको छु : प्रकाशमान सिंह (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार सिंहले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे ।

मंगलबार बिहान चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुनु परेको स्पष्ट पारे । संविधान र्निमाण पछि भने आफूले यस क्षेत्रको हरेक प्रकारका विकासका गतिविधि अगाडि बढाएको दावी गरे ।

हरेक टोलमा आफूले कुनै न कुनै प्रकारको विकास योजना जनतासामु पुरयाएको उनले बताए । सुकुम्बासी समस्या व्यवस्थापनदेखि लिएर सामुदायिक विद्यालय सुधारका लागि पनि आफूले सक्दो काम गरेको बताए । सोही कारण पनि यसपटक मतदाताहरुबाट सकरात्मक प्रतिकृया पाइरहेको उनको भनाई छ ।

मतदाताले मेलम्ची खानेपानीका बारेमा गुनासो गरेको बताउँदै नेता सिंहले आफूले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताए । उनले मतदाताले यसपटक आफू र कांग्रेसलाई बहुमत दिने विश्वास व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस