बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

काठमाडौं । बीमा समिति प्राधिकरणमा रुपान्तरण भएको छ । समितिको नामबाट बीमा कम्पनीको नियमन गर्दै आए पनि आजबाट भने प्राधिरणको नामबाट नियमन हुनेछ । बीमा ऐन२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारवाही प्राधिकरणमा रुपान्तरण भएको हो ।

सो ऐन भदौ अन्तिममा संघिय संसदबाट पारित भएको बीमा विद्ययेक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी थिइन्। प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधान अनुसार ऐन मंगलबारबाट लागू हुदैछ। त्यसैले समितिले मंगलबार एक कार्यक्रम राखी समिति प्राधिकरणमा रुपान्तरण भएको औपचारिक घोषणा गर्दैछ।

हाल कायम रहेका सञ्चालक समितिले प्राधिकरण संचालको हैसियतमा नै निरन्तरता पाउनेछन्। यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारवाहीको दायित्व पनि स्वतः प्राधिकरणमा रुपान्तरण हुनेछ।

नयाँ ऐन कार्यान्वयनसँगै बीमा क्षेत्रमा नयाँ युगको सुरुवात हुने बीमा क्षेत्रका विज्ञको विश्वास छ। नयाँ ऐनमा बीमा क्षेत्रको नियमनका लागि स्वायत्त र शक्तिशाली प्राधिकरण र अधिकार प्राप्त अध्यक्षको ब्यवस्थाले भएकाले अहिलेभन्दा छिटो छरितो तथा प्रभावकारी काम हुने बीमा क्षेत्रको विश्वास छ।

ऐनमा ग्रामीण क्षेत्रका साथै गरिव तथा विपन्न वर्गमा बीमाको पहुँच बढाउनका लागि बीमा विकास कोषको ब्यवस्था गरिएको छ। सरकारलगायतको योगदानका अतिरिक्त कम्पनीहरुले प्राधिकरणलाई नियमनवापत बुझाउने शुल्कको एक तिहाई रकम राख्ने ब्यवस्था गरिएको कोषबाट गरिव तथा विपन्न वर्गको बीमा गर्न तथा बीमाको विकासमा खर्च गर्न सकिने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस