News desk

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप …

पुरा पढ्नुहॊस »

स्वास्थ्य उपचारको पैसा तिर्न नसके सरकारले तिर्छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा उत्पादन भएका बस्तुहरुको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको बताएका छन् । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमै उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न आफूले राजनितिक जिवनभर नेपाली पोसाक मात्र लगाउने बाचा गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्ट्राचारको जरैबाट अन्त्य गर्ने बाचा गर्दै उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश …

पुरा पढ्नुहॊस »

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन् । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनले जानकारी दिए । झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक …

पुरा पढ्नुहॊस »

बानेश्वरमा अण्डरपास निर्माण अघि बढ्दै, कन्सलटेन्ट हायर

काठमाडौं – काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वरमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ । जसका लागि डिजाइन तयार गर्न कन्सल्टेन्ट हायर गरिएको सडक विभाग अन्तर्गतको गुणस्तर तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ बज्राचार्यले बताए ।  ‘नयाँ अण्डरपास निर्माणका लागि …

पुरा पढ्नुहॊस »

सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तिलकानामा आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै …

पुरा पढ्नुहॊस »

बाजुराका बालक भारतमा तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित छतरपुर बस्दै आएका एक नेपाली बालक सम्पर्कविहीन भएका छन् । यही नोभेम्बर ३ तारिख बिहीबारदेखि बाजुराको खप्तड क्षेडेदह गाउँपालिका १ काँडा स्थायी घर भएका अर्जुन रोकायाका छोरा देवेन्द्र रोकाया बेपत्ता भएका हुन् । jvts /C25 गाडनमा डेरा गरी बस्ने देवेन्द्रका अभिभावकले गोलभेँडा लिएको पठाएको र त्यसपछि उनी फर्केर नआएको आफन्तले बताएका छन् । प्रहरी र आफन्त नातागोताकोमा खबर गर्दा पनि केही फेला नपरेकाले खोजीमा …

पुरा पढ्नुहॊस »

मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण

काठमाडाैँ । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । ‘मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको हो । यस्तै दर्ताको दुई वर्षपछि पारित विधेयकमा ‘मदन भण्डारी …

पुरा पढ्नुहॊस »

जयनगर–कुर्था रेल तीन दिन निर्धारित सिफ्टभन्दा बाहेक सञ्चालन हुने

काठमाडाैँ । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेक रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई …

पुरा पढ्नुहॊस »

तनहुँ-१ मा रामचन्द्र पौडेल कि एकबहादुर राना ? यस्तो छ अंकगणित

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन् । तनहुँ १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल अंकगणितमा अघि देखिए पनि उनको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र एमाले उम्मेदावार एकबहादुर राना मुख्य चुनौती भएका छन् । उसो त यो क्षेत्रमा पौडेल, जोशी र रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध …

पुरा पढ्नुहॊस »