घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५५ रुपियाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस