अफताप आलमका दाजुभाइसहित ४ जनालाई जन्मकैद

काठमाडौं।  रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलम र उनका भाइ महताब आलमसहित चार जनालाई जन्म कैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाइसहित शेष सेराज र बद्री सहनीलाई पनि जन्म कैदको फैसला सुनाएको हो ।

उनीहरुविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतले प्रतिवादी मुक्ति सहनीलाई भने सफाइ दिएको छ । यस्तै सो घटनामा फरार रहेका ६ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ । रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम विस्फोटका घटनामा संलग्न भन्दै ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

बम बनाउँदै गर्दा विस्फोट भएपछि उक्त विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा घाइते अवस्थामै रहेका उनीहरूलाई इटाभट्टामा जिउँदै जलाएको अभियोग छ । सुरुमा मुद्दा नचलाउने निर्णय भएपनि पछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशबाट उक्त घटनाको पुनः अनुसन्धान हुँदै २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । २०७६ साल कात्तिक २९ गते आलमसहित पक्राउ परेका व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस