News desk

छन्देको निर्देशनमा यस्तो बन्यो निरकमलको ‘कहाँ राखूँ प्रिय…’ (भिडियो)

काठमाडाैं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखूँ प्रिय’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका बिच सार्वजनिक गरिएको हो । लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीतसँग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल लगायत अतिथिहरूले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा …

पुरा पढ्नुहॊस »

डिशहोम ग्राहकले विश्वकप फुटबल लाइभ ‘टुके’ क्वालिटीमा हेर्न पाउने

काठमाडौं । डिशहाेम ग्राहकले विश्वकप फुटबलकाे प्रत्यक्ष प्रसारण टुके (2K) रेजोलुसन (२०४८x१०८० पिक्सेल)मा हेर्न पाउने भएका छन् । नेपालको एक मात्र डीटीएच कम्पनीका रूपमा रहेको डिशहोमले आफ्ना ग्राहकलाई उच्च गुणस्तरमा फुटबल हेर्ने अवसर दिन लागेको हो । डिशहोमका प्रबन्ध निर्देशकका सुदिप आचार्यका अनुसार ग्राहकले आफ्नो आवश्यकता अथवा आफ्नो टिभीको फिचर अनुसारको गुणस्तरमा विश्वकपको लाइभ हेर्न सक्नेछन् । उनका अनुसार डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके …

पुरा पढ्नुहॊस »

सुरक्षाकर्मीका गाडीमा मतपेटिका नबोकिने

काठमाडाैँ । निर्वाचनको स्वच्छताका लागि मतदास्थलबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ढुवानी गर्न सुरक्षाकर्मीको सवारीसाधन प्रयोग नहुने भएको छ । सिभिल गाडीमा सुरक्षाकर्मीको निगरानीमा मतपेटिका ओसारिने गृह मन्त्रालयले जनाएको छ । ‘निर्वाचनको स्वच्छताका लागि सामान्यतया हामी सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दैनौँ,’ शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने, ‘कतिपय स्थानमा अन्य सवारीसाधनको विकल्प नभएको अवस्थामा भने सुरक्षाकर्मीकै गाडी प्रयोग हुन सक्छ । यो एकदमै न्यून हुन्छ ।’ सुरक्षाकर्मीकै गाडी प्रयोग …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ। इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस) को लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो। सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका …

पुरा पढ्नुहॊस »

यी शीर्ष नेता जो आफैँलाई भोट दिन पाउने छैनन्

काठमाडौँ । भोलि (आइतबार) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा छन् । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुने भएका हुन् । त्यसमा कतिपय शीर्ष नेता पनि छन् । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत गरेर ८२ जना जति रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष …

पुरा पढ्नुहॊस »

‘रेडिमिक्स’ ले ठक्कर दिंदा पत्रकार कँडेलको मृत्यु

काठमाडौँ । रुपन्देहीका पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल)को मोटरसाइकल दुर्घटना परी मृत्यु भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले ठक्कर दिँदा मोटरसाइकल चालक सवार कँडेलको मृत्यु भएको हो । रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारको …

पुरा पढ्नुहॊस »

प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय, मोरङमा पनि शंकास्पद वस्तु भेटियो

काठमाडाैँ । बैतडी र दार्चुलाको सीमामा पर्ने गोकुलेश्वर बजार नजिकैको पुलमा भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । कुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति भेटिएको प्रेसरकुकर बम शनिबार बिहान डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न एवं मतदातालाई त्रसित पार्ने उद्देश्यले बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । सो विषयमा थप अनुसन्धान भइरहेको …

पुरा पढ्नुहॊस »

ट्वीटर कार्यालय केही दिनका लागि बन्द

एजेन्सी । ट्वीटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो । कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छः ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको …

पुरा पढ्नुहॊस »

धनकुटामा खटिएकी निर्वाचन कर्मचारीको मृत्यु

काठमाडाैँ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ । मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाइएको छ । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए । उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए । उनी मतदान …

पुरा पढ्नुहॊस »

चितवनको मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवन । चितवनमा मत गणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । …

पुरा पढ्नुहॊस »