फाइल फोटो

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् । गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन् ।

इलाम क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा र बझाङ १ (१) मा हुने प्रदेश सभाको निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति दिएका हुन् । वैशाख १५ गते शनिबार इलाम क्षेत्र नं २ र बझाङ १(१) मा उपनिर्वाचन हुँदैछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दोदा नदीमा डुबेर १७ वर्षीय राजेन्द्र र विजय कुँवरको मृत्यु

काठमाडौं । कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । नदीमा डुबेर बेलौरी …

प्रतिकृया दिनुहॊस