News desk

बससेवाले कलंकीमा सुरू गर्‍यो अत्याधुनिक प्यासेन्जर लाउञ्ज

काठमाडाैं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतीक्षालय) सञ्चालनमा ल्याएको छ। हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलो पटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो। यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बससेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो। लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले …

पुरा पढ्नुहॊस »

झापाको धुलाबारीमा एभरेष्ट बैंकको १२१औँ शाखा

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ। सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्लसिना, चेम्बर अफ कमर्श धुलाबारीका अध्यक्ष रविन बस्नेत, मेचिनगर नगरपालिका वडा नं. १० का अध्यक्ष नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, …

पुरा पढ्नुहॊस »

प्रभावकारी बन्दै टेलिकमको ‘ग्रुप एसएमएस’ सेवा

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको जनाएको छ। यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ। यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ। यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंकले शुक्रबार काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे । उद्घाटन समारोहमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले बैंकले यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्दै ग्राहकहरूले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति ?

काठमाडाैं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश नियामक राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयर धनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख …

पुरा पढ्नुहॊस »

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् । ‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने । देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका उनले …

पुरा पढ्नुहॊस »

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहद्वारा उच्चमा पुनरावेदन

काठमाडौँ । पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् । उनी हाल साढे दुई वर्ष कैद भुत्तानी गर्ने तनहुँ कारागारमा छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता …

पुरा पढ्नुहॊस »

‘नो नट अगेन’ नागरिकको विचार प्रकट गर्ने माध्यम हो, यसलाई नरोक्नु : सर्वोच्च

काठमाडौं – सर्वोच्च अदालतले ‘नो नट अगेन’ नागरिकको विचार प्रकट गर्ने माध्यम भएकाले यसलाई नरोक्न आदेश दिएको छ । लगायतका अभियानलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने माध्यम भन्दै प्रचलित कानूनको उल्लंघन नहुँदासम्म यस्ता अभियानविरुद्ध कदम नचाल्न निर्वाचन आयोगलाई आदेश दिएको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगबाट ८ कात्तिक २०७९ मा नो नट अगेन विरुद्ध जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्नु, नगराउनु भन्दै यस्तो आदेश दिएको हो । बिहीबार …

पुरा पढ्नुहॊस »

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

काठमाडौं – अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका …

पुरा पढ्नुहॊस »

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्तको थपलियाको आग्रह

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान …

पुरा पढ्नुहॊस »