News desk

सय बढी स्टार्टअपको सहभागितामा भोलिदेखि ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट’ हुँदै

काठमाडाैं । सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौैं स्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुदैछ । उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ । यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुदैछ । २ दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र होटल मुस्ताङबीच आकर्षक छुट दिने सम्झौता

काठमाडाैं । प्रभु बैंक लिमिटेड र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच व्यावसायिक सम्झौता भएको छ। दुई कम्पनीबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका तर्फबाट जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्वारा सञ्चालित ‘फुड’, …

पुरा पढ्नुहॊस »

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोबीच विवाह

एजेन्सी । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा गोप्य रूपमा विवाह गरेको घोषणा गरेका छन् । मारियाना भेरेला र फाबियोला भ्यालेन्टिना थाइल्याण्डमा २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए । यी दुईले अर्जेन्टिना र पोर्टो रिकोको सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए । दुई सुन्दरीहरू पहिलेदेखि नै सँगसँगै थिए । सोमबार एउटा इन्स्टाग्राम पोस्टमा फेबिनाले स्पेनिस भाषामा लेखेकी छिन्, ‘हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णय गरेपछि हामी तपाइँको लागि …

पुरा पढ्नुहॊस »

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभाँश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। लाभग्राहीले लाभांश नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश आजै सुरक्षित गरिसक्नुपर्ने भएको हो। योजनाका लाभांश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने कम्पनीले जनाएको छ। योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद …

पुरा पढ्नुहॊस »

स्कुल बसमा सवार बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

काठमाडौँ । स्कुल बसमा यात्रा गरिरहेका एक बाकल रुखमा ठोक्किएर मृत्यु भएको छ । काठमाडौँको लाजिम्पाटस्थित बेष्टस् मन्टेश्वरी इलिमेन्टरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो । बुधबार साढे ३ बजे स्कुल बिदापछि बा १ क ४६४२ नम्बरको स्कुल बसमा चढेका उनी झ्यालबाट टाउको बाहिर निकालेर शिक्षकलाई ‘बाईबाई’ भन्दै थिए । लगत्तै चालकले बस अघि बढाएपछि आयुष्मानको टाउको सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो । घटनापछि उनलाई उपचारका …

पुरा पढ्नुहॊस »

१०० मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइने

काठमाडौं । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने भएको छ ।

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि दुई जना कानुन व्यवसायीले बहस गरे । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मंगलबार …

पुरा पढ्नुहॊस »

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक हुने भएको छ । ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेको यो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेशसभामा उम्मेदवारी दिएको छैन ।

पुरा पढ्नुहॊस »

गगन भर्सेस राजन, यसपटक कसले मार्ला बाजी ?

काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो काठमाडौँको क्षेत्र नम्बर ४ हो । यस क्षेत्रबाट काँग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रको चर्चा सबै …

पुरा पढ्नुहॊस »