news

आजकाे सुनचाँदीको मूल्य

काठमाडौं । अाज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ भने चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे पनि सुन चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

पुरा पढ्नुहॊस »

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने समूहका योजनाकार गोंगबुबाट समातिए

धनगढी । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) …

पुरा पढ्नुहॊस »

चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

काठमाण्डौ ।  चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ ।‘बाटो गल्लीको देवता म छैन मेरो सुनको गजूर’ बोलको गीतले ‘गल्लीको देवताको आवाज’ बोल्छ । यो गीत मनिष वशिष्ठले लेखेका हुन् भने शुशान्त गौतमले संगीत दिएका हुन् ।

पुरा पढ्नुहॊस »

अठार वर्षपछि वाणिज्य बैंकको शाखा

  स्याङ्जा । अठार वर्षपछि  राष्ट्रिय वाणिज्य बैंकको शाखा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा स्थापना गरिएको छ । २०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरेका हुन् । सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताए ।

पुरा पढ्नुहॊस »

पेट्रोल, डीजेल र मट्टीतेलको भाउ फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेलको प्रतिलिटर  ३ रूपैयाँको दरले बढाएको छ ।बढेर अहिले पेट्रोलको प्रतिलिटर मुल्य ११३, डिजेलको र मट्टीतेलको क्रमशः प्रतिलिटर ९५/९५ पुर्याएकाे छ ।त्यस्तै, निगमले प्रतिलिटर आन्तरिक हवाई इन्धनको मुल्यमा  ५ रूपैयाँ र बाह्य हवाई इन्धनको मुल्यमा १००० लिटरमा यूएस डलर ७५ बढेको छ । खाना पकाउने एलपिजीग्याँसको मुल्य भने यथावत रहेको  छ ।

पुरा पढ्नुहॊस »

वेवी आई लभ यु’लाई दर्शकको साथ

काठमाडौं ।चलचित्र  ‘वेवी आई लभ यु’ ले दर्शकको साथ पाएको छ ।यो फिल्म देशैभर रिलिजमा आएको हो ।यो साताबाट चलचित्र  ‘वेवी आई लभ यु’ दर्शकमाझ रिलिजमा आएको  । चलचित्र रिलिजको पहिलो दिन काठमाडौंका गोपी कृष्ण हल, गुण सिनेमा हल, अष्ट नारायण लगाएतका हलहरु हाउफुल भएको निर्माण पक्षले जनाएको छ । सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्रलाई जनक पाण्डेले निर्देशन …

पुरा पढ्नुहॊस »

फोहोर मैला ब्यवस्थापन केन्द्र समयमै निर्माण सम्पन्न गर्न ठेक्केदारलाइ कडा निर्देशनको

वीरगन्ज। शहरी वाताबरणीय सुधार आयोजना अन्तर्गत निर्माण भइरहेको मुलुककै पहिलो फोहर मैला व्यवस्थापन केन्द्रलाइ समयमै निर्माणसम्पन्न गर्न नगर प्रमुख वीजय कुमरा सरावगीले निर्देशन दिनु भएको छ । शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत चलिरहेको आयोजनाहरुको बारेमा जानकारी लिनुको साथै स्थलगत निरिक्षणमा नगर प्रमुख सरावगीको नेतृत्वमा पुगेको टोलीले कार्यप्रगतीको बारेमा जानकारी लिएको छ । नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत डाक्टर भीष्म कुमार भुसाल सहित सम्बन्धीत योजनाका प्रमुख एवम कन्सल्टेन्ट विशेषज्ञ सहितको टोलीले  वीरगन्जको नगवामा …

पुरा पढ्नुहॊस »

हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ …

पुरा पढ्नुहॊस »

एकै दिन रक्तदान, सय किलोमिटर साइकल यात्रा र बन्जिजम्प हानेर अनौठो रेकर्ड

काठमाडौं । रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् । साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधाबार राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए । उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो । त्यसलगत्तै उनले बन्जीजम्प समेत गरे । एकै …

पुरा पढ्नुहॊस »

नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह

काठमाडौँ । नेपालका एकजना उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उहाँले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ …

पुरा पढ्नुहॊस »