एकै दिन रक्तदान, सय किलोमिटर साइकल यात्रा र बन्जिजम्प हानेर अनौठो रेकर्ड

काठमाडौं । रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् ।
साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधाबार राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए ।
उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो । त्यसलगत्तै उनले बन्जीजम्प समेत गरे । एकै दिन रक्तदान, साइकल यात्रा र बन्जीजम्प गरेर उनले अनौठो साहसिक रेकर्ड कायम गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कोलम्बियाले गर्‍यो फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का, उरुग्वे १-० ले स्तब्ध

काठमाडौँ । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० …

प्रतिकृया दिनुहॊस