फोहोर मैला ब्यवस्थापन केन्द्र समयमै निर्माण सम्पन्न गर्न ठेक्केदारलाइ कडा निर्देशनको

वीरगन्ज। शहरी वाताबरणीय सुधार आयोजना अन्तर्गत निर्माण भइरहेको मुलुककै पहिलो फोहर मैला व्यवस्थापन केन्द्रलाइ समयमै निर्माणसम्पन्न गर्न नगर प्रमुख वीजय कुमरा सरावगीले निर्देशन दिनु भएको छ ।
शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत चलिरहेको आयोजनाहरुको बारेमा जानकारी लिनुको साथै स्थलगत निरिक्षणमा नगर प्रमुख सरावगीको नेतृत्वमा पुगेको टोलीले कार्यप्रगतीको बारेमा जानकारी लिएको छ ।
नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत डाक्टर भीष्म कुमार भुसाल सहित सम्बन्धीत योजनाका प्रमुख एवम कन्सल्टेन्ट विशेषज्ञ सहितको टोलीले  वीरगन्जको नगवामा निर्माण भइरहेको केन्द्रको निरिक्षण गर्दै  कार्यप्रगतिको बारेमा जानकारी समेत लिएको थियो  ।
वीरगंज महानगरपालीका को वडा नम्बर १६नगवाको पुर्वी सिमानामा निर्माण भइरहेको सो केन्द्रमा आगामि २० बर्षसम्म महानगपालीकाको फोहर मैलालाइ व्यवस्थापन गरी कम्पोष्ट मल उत्पादन गर्नुको साथै प्लाष्टिजन्य पर्दाथलाइ बिक्री गरी आर्थिक आम्दानि गर्ने  महानगपालीकाको
लक्ष समेत रहेको छ ।
वीरगन्ज महानगपालीकाका मेयर विजय सरावगी तथा प्रमुख प्रशासकिय अधिकृत डाक्टर भीष्म कुमार भुसालले निर्माण भइरहेको फोहर मैला ब्यवस्थापन केन्द्रको कार्यप्रगतिका बारेमा सरोकारवालाहरुसगं छलफल गर्नुको साथै निर्माणकार्य समयमै सम्पन्न गर्न ठेक्केदार कम्पनीलाइ कडा निर्देशन समेत  दिनु भयो  ।
मेयर सरावगीले परियोजनासंग सम्बन्धित पदाधिकारी ,कन्स्लटेन्ट  र ठेक्केदार कम्पनिका पदाधिकारीहरुसगं छलफल गर्दै निर्माण कार्यप्रगतिबारे जानकारी समेत लिनुभयो ।
मझौला शहर एकिकृत शहरी बाताबरणीय सुधार आयोजना’को दोस्रो चरण अन्र्तगत बन्न लागेको यो परियोजनाका कन्सल्टेन्ट स्मेक इन्टरनेशनलका टिमलिडर नागेन्द्रझा,फोहर मैला व्यवस्थापन बिशेषज्ञ बि एम शाक्य,योजना प्रमुख शैलेन्द्र श्रेष्ट,ठक्केदार कम्पनिका प्रबन्ध निर्देशक सुमित रौनियार, र वीरगन्ज महानगपालीकाका वरिष्ट अधिकृत सुमन श्रेष्ठसगं छलफल गर्दै समयमै निर्माण कार्यसम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
सहरबाट निस्किने सबैखाले ठोस फोहोरलाई बैज्ञानिक रुपमा ब्यवस्थापन गर्न बन्न लागेको फोहोर मैला ब्यवस्थापन केन्द्र ४७ करोड ६१ लाख ८० हजार रुपैया लागतमा चिनिया निर्माण कम्पनी जन्डिङ इन्टरनेशनल इन्जिनियरिङले ठक्कालिएको हो ।
एशियाली विकास बैकको आर्थिकसहयोगमा निर्माण भइरहेको यो परियोजना अन्तर्गत  ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ को निर्माण  नगवाभन्दा पुर्वको नाला तथा सडक निर्माण र सिगंहा नदि व्यवस्था लगायतका अधिकांस कार्यहरु सम्मपन्न भएको छलफलमा जानकारी गराइएको थियो ।
छलफलको क्रममा मेयर सरावगीले सिगंहा नदिको छेउमा निर्माण गरिने सवदाह गृहको निर्माण कार्य अबिलम्ब सुरु गर्न निर्देशन समेत  दिनु भयो । यो निर्माण सम्पन्न भइसकेपछि यसस्थानमा २० बर्षसम्म वीरगन्जको फोहोरलाई बैज्ञानिक किसिमले ब्यवस्थित गर्न सकिने छ ।
साँथै ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ माल्याइने फोहार प्रसोधन गरी बजारमा बेंचेर त्यसबाट बार्षिक ६ करोड २० लाख रुपैया आम्दनी समेत हुने लक्ष्य रहेको छ ।
‘कुहिन सक्ने’ फोहोरलाई कम्पोष्ट मल बनाइने छ र ‘पुनः प्रयोग हुन सक्ने’ किसिमका प्लास्टिक, फलाम, कागज, शिसा लगायतका बस्तु छुट्याएर कवाडको रुपमा बजारमा बिक्रिगरी आर्थिक श्रोतको रुपमा प्रयोग गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस