news

अनमोल केसी बलिउड फिल्म खेल्ने

काठमाडौँ । नायक अनमोल केसी बलिउड फिल्ममा   खेल्ने भएका छन्। उनले एक बलिउड चलचित्रमा सम्झौता गरेको भनेर ‘हमारा महानगर’ नामक भारतीय पत्रिकाले समाचार लेखेपछि चर्चा बढेको हो । अनमोलले पनि उक्त समाचारको स्क्रिन सट आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

पुरा पढ्नुहॊस »

वीरगन्जको परवानीपुरमा नगर प्रमुख सरवागीद्वारा सडकको सिलन्यास वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा ५२ किलोमिटर सडक निर्माण हुने

वीरगंज । सधन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सडक  परियोजनाको पहिलो खण्डको बुधबार बिहान वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरमा सिलान्यास गरिएको छ । वीरगंज महानगरपालिका शहरी विकास मन्त्रालयको बजेटमा वीरगंजको विभिन्न वडाहरुमा निर्माण हुने सडक योजनाको पहिलो खण्डको २७ किलोमिटर सडकको सिलान्यास नगर प्रमुख विजय कुमार सरावगीले गर्नु भएको छ  । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालको सभापतित्वमा सम्पन्न भएको सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विजय कुमार सरावगीले विकास …

पुरा पढ्नुहॊस »

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।३५ वर्षीय बलिराम भगत बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा सर्पले डसेको थियो ।

पुरा पढ्नुहॊस »

भारतबाट स्वदेश फर्कंदै गरेका नेपाली एसएसबीबाट कुटिए

दार्चुला । सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् । उनको आँखामा चोट लागेको छ । नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । मदिरा सेवन गरेका …

पुरा पढ्नुहॊस »

सिजीको ‘एक्स्ट्रा टाईमको गोलमै छ मज्जा’

काठमाडौं । सिजीले आउँदो विश्वकप प्रतियोगितालाई मध्यनजर गरी आफ्ना विभिन्न आकर्षक एवं गुणस्तरीय एलईडी टिभीहरुमा ‘एक्स्ट्रा टाईमको गोल मै छ मज्जा’ नामक योजना सहित बजारमा प्रस्तुत भएको छ ।सीमित अवधिका लागि नेपालभरी लागू गरिएको उक्त योजनाहरुमा अब सिजीका २० इन्चदेखि ४३ इन्च सम्मको कुनैपनि नर्मल तथा स्मार्ट टिभीहरु खरिद गरेपश्चात एक्स्ट्रा ३० प्रतिशत सम्मको नगद छुट र नेपालमै पहिलो पटक लागू गरिएको एक्स्ट्रा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । …

पुरा पढ्नुहॊस »

वातावरण दिवसमा एभरेष्ट बैंकद्वरा वृक्षारोपण

काठमाडौं ।  विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वाड नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम  सम्पन्न गरेको छ । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाईएको छ । वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, …

पुरा पढ्नुहॊस »

स्वर्ण पदक विजेता महिला खेलाडीमाथि नेपालगञ्जमा प्रशिक्षक गगन पुनद्वारा बोत्तल प्रहार र दुर्व्यवहार(भिडियो)

नेपालगंज । नेपालगंजमा हालै सम्पन्न भएको दसौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी  स्वर्ण पदक करांते खेलाडी सविना वुढा मगर माथी वोतल प्रहार भएको छ । युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा मध्यपश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्धारा आयोजित ५ नम्बर प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते खेलकी खेलाडी सविना माथी वोतल प्रहार भएको हो । ४० केजी उमेर समुहकी खेलाडी सविना माथी खेल चलीरहेको अवश्थामा दाङका प्रशिक्षक गगन …

पुरा पढ्नुहॊस »

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन

सुर्खेत । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित एक दशक अगाडिदेखि सुर्खेतमा संभाव्यता अध्ययन थालिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट तथा मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । हवाई तथा स्थलगत अनुगमनका क्रममा न्याउलीचौर पुग्नेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए । उनले डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्ने …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम

काठमाडाै  । कुमारी बैंक लिमिटेडले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रम बैंकका सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार लामाकाे प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकले यस वर्षको …

पुरा पढ्नुहॊस »

सुर्या लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्योरेन्सको संचालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी ७२ करोड १८ लाख रुपैयाँमा १६ प्रतिशतको दरले बोनस सेयर दिन लागेको हो । कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि नगद लाभांश समेत दिने छ । बोनसपछि सुर्याको चुक्ता पुँजी ८४ करोड पुग्ने वताइएकाे छ ।

पुरा पढ्नुहॊस »