news

मनोहरा पुलदेखि साँगासम्मकाे सडकमा‘टाइम कार्ड’ लागू

काठमाडौं ।भक्तपुरको  मनोहरा पुलदेखि साँगासम्मकाे सडकमा दुर्घटना बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारबाट  साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै …

पुरा पढ्नुहॊस »

पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने तयारी

पोखरा । पोखरा लेखनाथ महानरपालिकाको नामबाट लेखानाथ शब्द हटाउने तयारी गरिएकाे छ । महानगरपालिकाले असार १० गतेबाट शुरु हुने नगरसभामार्फत नाम हटाउने भएको हो । पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकारीमा भन्दा पनि ‘पोले’ नराम्रो सुनिने र अन्तर्राष्ट्रिय ख्याति प्राप्त नाम भएकाले पोखरा मात्रै राख्न अधिकांशको सुझाव थियो । साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ वडा सम्मका वडाध्यक्षसमेत नाम पोखरा मात्रै राख्न सहमत भएका छन् । आगामी नगरसभामा …

पुरा पढ्नुहॊस »

हिमाल हाइड्रोको ४ महिने हडतालले तल्लो हेवाको उत्पादन अवधि धकेलियो

काठमाडौं ।  सिभिल संरचना निर्माण गर्ने ठेक्का लिएको हिमाल हाइड्रो लिमिटेडले काम रोकेर ४ महिना हडताल गर्दा २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको विद्युत उत्पादन गर्ने समय पछि धकेलिएको छ । आयोजनाको लागत बढाउने गरी विविध माग राखेर गत फागुनदेखि जेठसम्म काम रोकेपछि निर्माण अवधि लम्बिएको हो । ४ महिना लामो हडतालपछि जिल्ला अदालतमा मिलापत्र गरेर हिमाल हाइड्रो काममा फर्किएको हो । अहिले सुरुङमा बाँकी रहेको ढलानको काम थालेको छ …

पुरा पढ्नुहॊस »

एसईई नतिजाको हल्ला, सार्वजनिक हुन अझै ५-७ दिन लाग्ने

भक्तपुर । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन अझै ५-७ दिन लाग्ने परीक्षा छ । बुधबार नतिजा सार्वजनिक हुने भन्दै मंगलबार दिनभरी सामाजिक सञ्जाल मार्फत् हल्ला फैलिएकाे थियाे‍ । ‘एसईईको नतिजा निस्कियो भनी सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार देखियो’ रेग्मीले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नतिजा निस्कन अझै ५-७ दिन लाग्ने छ । (२०७५।३।५)’

पुरा पढ्नुहॊस »

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।    मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  उक्त सम्झौतामा  बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।                             सम्झौता पश्चात ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट रिलायवल लाइफ इन्स्योरेन्समा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध

काठमाडौं ।  सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । बुधबार एक कार्यक्रमबिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्का पञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले चलचित्रमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई अघि बढाउने जनाइएको छ।

पुरा पढ्नुहॊस »

लघुजलविद्युत अब केन्द्रीय ग्रिडमा

काठमाडौं ।  देशका दुर्गमा ठाउँमा निर्माण भएका लघुजलविद्युत आयोजना पनि अब नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोड्न सुरु गरिएको छ । दुर्गम क्षेत्रमा विद्युतीकरण गरेर केन्द्रीय लाइन पुगेसँगै लघुजलविद्युत आयोजना बन्द हुने अवस्था उत्पन्न भएपछि ग्रिडमा ‘सिंक्रोनाइजेसन (आवद्ध) गर्ने अभियान सुरु गरिएको हो । ‘सिंक्रोनाइजेसन’ प्रक्रिया सुरु भएपछि प्राधिकरणले ४ आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।  धनकुटा लेगुवा खोलाको २६ किलोवाट, नुवाकोट स्याउरे भूमे खोलाको २३ किलोवाट, …

पुरा पढ्नुहॊस »

सप्तकोशी नदीमा ट्रकखस्दा २ को मृत्यु, ९ घाइते

काठमाडौं ।  सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।जेसिबी बोकेको ट्रक १९ नम्बर ढोकाबाट  सप्तकोशी नदीमा  खसेको हो ।प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।मृत्यु हुने २ जनाको सनाखत भएको छैन ।

पुरा पढ्नुहॊस »

आयोजक रुस विश्वकपको दोस्रो चरणमा, इजिप्ट बाहिरियो

एजेन्सी । आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । हिजाे राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए । त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

काठमाडौं ।कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ । उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे। उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »