news

एसबिआई बैंकको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र कर्मचारी संचय कोषको तर्फबाट विष्णुप्रसाद पौडेलाई संचालक समितिमा नियुक्त गरेको हो ।असार २ गते बसेको ४२३औँ संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक

चलचित्र वीराङ्गनाको ट्रेलर सार्वजनिक गरिएको छ ।राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

यार्सा टिप्न अाएका मगरकाे हत्या

डोल्पा । डोल्पाको हिमाली यार्सापाटनमा एक जनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको गएराति ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको छ । मगर हरेक वर्ष यार्सा टिप्न यहाँ आउने गर्थे । मृतक कर्ण पुनमगरका साथमा ७५ हजार नगद भेटिएको प्रहरीले जनाएको छ । मगरको शव जिल्ला सदरमुकाम पु¥याउन एक हप्ता लाग्ने प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले दुर्घटनामा मरेका कर्मचारीको परिवारलाई सहयोग

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लि. को शाखा कार्यालय, तुलसीपुरमा कार्यरत किसोर कुमार बडु को २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै महालक्ष्मी विकास बैंक लि. परिवार दीवाङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछ । साथै बैंकले मिति २०७५०।२३।० गते बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमका बीच शोक सन्तप्त परिवारलाई रु.७,००,००० ।(अक्षरुपी रु. सात लाख मात्र ) महालक्ष्मी विकास बैंकगरेको …

पुरा पढ्नुहॊस »

जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ । भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ । अनलाइनखबर

पुरा पढ्नुहॊस »

विश्वकप २०१८अन्तर्गत आज तीन खेल हुँदै

आइतबार पौने ६ बजे  पहिलो खेलमा कोस्टारिका र सर्विया,दोस्रो खेल पौने ९ बजे जर्मनी र मेक्सिको  र  तेस्रो खेल राति पौने १२ बजे ब्राजिल र स्वीटजरल्याण्डबीच  प्रतिस्पर्धा हुँदैछ ।

पुरा पढ्नुहॊस »

क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो

फिफा विश्वकपमा समूह डीको दोस्रो खेलमा क्रोएशियाले नाइजेरियालाई २–० ले हराएको छ । खेलकाे ३२ औं मिनेटमानाइजेरियाका एटेबोले आत्मघाती गोल गरेपछि क्रोएशिया अगाडि रहयो । त्यसपछि ७१ औं मिनेटमा लुका मोडि्रचले पेनाल्टीमार्फत गोल गरे । फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् । क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको …

पुरा पढ्नुहॊस »

पोखरामा आइएमईको प्रभात फेरी आइएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो

पोखरा । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफु जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पु¥याउदै आएको महत्त्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउदै आइएको छ । समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन …

पुरा पढ्नुहॊस »

विज्ञको सुझावः हिले वर्षाको पानी प्रयोग नगर्नू, शरीर देखाएर नहिँड्नू

काठमाडौं । आकासे पानी संकलन गरेर पानीको गर्जो टार्दै आउनु भएको छ ? छ भने होसियार, पछिल्लोपटक परेको यस्तो पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीको साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ । विशेषगरी पानीको अभाव रहेको काठमाडौं उपत्यकामा आकासे पानी ट्यांकीमा बचत गर्ने र प्रयोग गर्ने चलन छ । विज्ञहरुले आकासे पानी पिउनयोग्य हुने बताउँदै आएका थिए तर, शुक्रबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको हिलोसहितको …

पुरा पढ्नुहॊस »

चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा  राजनराज सिवाकोटीको स्वर, शब्द र संगीत रहेको यो गीतमा मेलिना राइको पनि आवाज छ । उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

पुरा पढ्नुहॊस »