हिमाल हाइड्रोको ४ महिने हडतालले तल्लो हेवाको उत्पादन अवधि धकेलियो

काठमाडौं ।  सिभिल संरचना निर्माण गर्ने ठेक्का लिएको हिमाल हाइड्रो लिमिटेडले काम रोकेर ४ महिना हडताल गर्दा २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको विद्युत उत्पादन गर्ने समय पछि धकेलिएको छ । आयोजनाको लागत बढाउने गरी विविध माग राखेर गत फागुनदेखि जेठसम्म काम रोकेपछि निर्माण अवधि लम्बिएको हो ।

४ महिना लामो हडतालपछि जिल्ला अदालतमा मिलापत्र गरेर हिमाल हाइड्रो काममा फर्किएको हो । अहिले सुरुङमा बाँकी रहेको ढलानको काम थालेको छ । २ प्रतिशत काम राखेर ठेकेदारले काम रोकेपछि आयोजनाको लागत भार केही थपिने कम्पनीले जनाएको छ ।

९८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा अन्तिम चरणको काम हुँदैछ । विद्युतगृहमा उपकरण जडान हुँदैछ । हेवा खोलाको पानी फेमेको बाँधमा ल्याई विद्युतगृहमा पठाउन आयोजनामा २ वटा बाँध निर्माण गरिएको छ ।

यसअघि नै विद्युत उत्पादन सुरु भइसक्नु पर्ने आयोजना आउन ढिलो हुँदा निर्माण लागत ४ अर्ब रुपैयाँ नाघ्ने कम्पनीको दाबी छ । आयोजना पूरा भएपछि १३२ केभी काबेली कोरिडोरको फिदिमस्थित थापाटार सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्मको ३ किलोमिटर प्रसारण लाइन माउन्टेन हाइड्रो आफैंले निर्माण गरिरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए …

प्रतिकृया दिनुहॊस