सप्तकोशी नदीमा ट्रकखस्दा २ को मृत्यु, ९ घाइते

काठमाडौं ।  सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।जेसिबी बोकेको ट्रक १९ नम्बर ढोकाबाट  सप्तकोशी नदीमा  खसेको हो ।प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।मृत्यु हुने २ जनाको सनाखत भएको छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गोदावरीका मेयर महर्जनसहित १४ विरुद्ध १ अर्ब ४ कराेड विगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको …

प्रतिकृया दिनुहॊस