लघुजलविद्युत अब केन्द्रीय ग्रिडमा

काठमाडौं ।  देशका दुर्गमा ठाउँमा निर्माण भएका लघुजलविद्युत आयोजना पनि अब नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोड्न सुरु गरिएको छ ।
दुर्गम क्षेत्रमा विद्युतीकरण गरेर केन्द्रीय लाइन पुगेसँगै लघुजलविद्युत आयोजना बन्द हुने अवस्था उत्पन्न भएपछि ग्रिडमा ‘सिंक्रोनाइजेसन (आवद्ध) गर्ने अभियान सुरु गरिएको हो । ‘सिंक्रोनाइजेसन’ प्रक्रिया सुरु भएपछि प्राधिकरणले ४ आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।  धनकुटा लेगुवा खोलाको २६ किलोवाट, नुवाकोट स्याउरे भूमे खोलाको २३ किलोवाट, ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट र लमजुङ मिदिम खोलामा निर्माण भएको सय किलोवाटको पिपिए गरिएको छ ।

प्राधिकरणले गत वर्ष नै दुर्गम क्षेत्रमा निर्माण भएका लघुजलविद्युत आयोजना पनि ग्रिडमा जोड्ने कार्यक्रम तयार गरेको थियो । ग्रिडमा आवद्ध भएपछि स्थानीयले उपभोग गरेर बचेको विद्युत केन्द्रीय प्रणालीमा प्रवाह हुन्छ र  बचेको विद्युत अन्य ठाउँका बासिन्दाले उपभोग गर्न पाउँछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए …

प्रतिकृया दिनुहॊस