news

कुमारी बैकद्धारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । कुमारी बैंक लि.द्धारा एक कार्यक्रमका बीच शिशु कल्याण आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त बैंकको नारायणगढ शाखाको आयोजनामा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो । शैक्षिक सfमाग्रीहरु, स्कुल झोला तथा अन्य स्टेशनरी सामानहरु उक्त विद्यालयका अध्यक्ष चुडामणी अधिकारीको साथमा बैंक नारायणगढ शाखाका प्रमुख पुपेन्द्र खड्काले हस्तान्तरण गरेका थिए । आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका …

पुरा पढ्नुहॊस »

लाइसेन्स परिक्षाको अनलाइन फारम साउन १ देखि पुन: खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स परिक्षाको अनलाईन फारम साउनको पहिलो हप्तादेखि पुन सुचारु गर्ने वताएकाे छ । आन्तरिक हिसाब तथा अडिट गर्न १ महिनादेखि रोकिएको अनलाइन फारम पुन सुरु हुने भएको हो । साे विभागले १ महिनाको लागि देशभर मोटरसाइकल, कार लगायतको सवारी लाइसेन्स परिक्षाको अनलाईन फारम बन्द गरेको थियो । अनलाइन फारम देशभर साउन पहिलो हप्ताबाट सुचारु हुने विभागका निर्देशक तुलसी अर्यालले बताए । छिटो लाइसेन्स लिनको लागि …

पुरा पढ्नुहॊस »

देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर

काठमाडौं । सरकारले निर्वाचन आचार संहिता लागू भएपछि शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता लागु भएको मिति भदौ १४, २०७४ देखि २०७४ फागुन २ गते सम्म मन्त्रीपरिषद् र मन्त्रीस्तरीय निर्णयका आधारमा भएका सबै किसिमका राजनीतिक मनोनयन नियुक्तिको निर्णय खारेज गर्ने निर्णय गरेको हो । बैठकले प्राधिकरण , संस्थान, परिषद्, समिति, बोर्ड, कम्पनी,बैक वा अन्य संगठित संस्था …

पुरा पढ्नुहॊस »

तीन बीमा कम्पनीमा जागीर खुल्यो

काठमाडौं । तीन वटा बीमा कम्पनीमा विभिन्न पदका लागि जागीर खुलेको छ । युनियन लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेका छन् । युनियन लाइफ इन्स्योरेन्स लिमिटेड युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विभिन्न शाखा तथा उपशाखाहरुका लागि एसिस्टेन्टदेखि मेनेजरसम्म विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले एमबिए गरेका अथवा कुनै पनि विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । सम्बन्धित …

पुरा पढ्नुहॊस »

भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट संचालन

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा संचालनमा आएको छ । टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सेवा सञ्चालनमा ल्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा टेलिकमले जेठमसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा …

पुरा पढ्नुहॊस »

डा. के.सी. र गंगामायाको आन्दोलनलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गरेका मनपरी कामविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । संसदीय दलको आजको बैठकले सरकारले तोकेका निषेधित क्षेत्र उल्लंघन गर्ने, अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकले मूल्यबृद्धिको विरोध गर्ने निर्णय समेत गरेको जनाइएको छ । कांग्रेसले निषेधित क्षेत्र उल्लंघन गर्ने निर्णय गरेपछि सत्तापक्ष र प्रतिपक्ष सडकमा समेत भिड्ने देखिएको छ । संसदमा कांग्रेसले सत्तापक्षको विरोध गरिरहेको छ …

पुरा पढ्नुहॊस »

नेकपाको सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले भोलि बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गर्दै बैठक सकिएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक भोलि अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिँदै आजको सचिवालय बैठकले त्यसका लागि कार्यसूची निर्धारण गरेको र प्रस्ताव तयार गरेको जानकारी दिए । उनका अनुसार स्थायी समिति बैठकमा …

पुरा पढ्नुहॊस »

कर्णालीमा तोकियो जनप्रतिनिधिको पारिश्रमिक

सुर्खेत । कर्णाली प्रदेशसभाबाट ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५’ पारित भएसँगै उनीहरूको पारिश्रमिक तोकिएको छ । स्थानीय तहको निर्वाचित भएको एक वर्षपछि कर्णाली प्रदेशका स्थानीय तहको जनप्रतिनिधिको सेवासुविधा तोकिएको हो । जेठ २५ गते सदनमा पेस भएको विधेयक प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिबाट आवश्यक संशोधन भएसँगै हिजो सर्वसम्मतिले पारित गरिएको हो । विधेयक पास भएसँगै कर्णाली प्रदेशमा १० जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी, …

पुरा पढ्नुहॊस »

मञ्जुश्री फाइनान्सको साधारणसभा भोलि

काठमाडौं । मञ्जुश्री फाइनान्सको दशौं साधारणसभा भोलि हुँदैछ । मञ्जुश्री फाइनान्सले साधारण साधारण सभाबाट फाइनान्सको संचालक समितिले प्रस्ताव गरेको ५ दशमलव ७१ प्रतिशत बोनस शेयर पारित गरिने छ । उक्त सभामा कर तिर्न ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । कम्पनीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि …

पुरा पढ्नुहॊस »

एनएमबी बैंक र क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडाै ।  एनएमबी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने विशेष प्रकारकाे सम्झौता गरेको छ । साे सम्झौतामा बैंकका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन । उक्त अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरूबाट बिभिन्न खाले क्यान्सर रोगहरूको उपचार हुने गरेको पनि …

पुरा पढ्नुहॊस »