लाइसेन्स परिक्षाको अनलाइन फारम साउन १ देखि पुन: खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स परिक्षाको अनलाईन फारम साउनको पहिलो हप्तादेखि पुन सुचारु गर्ने वताएकाे छ । आन्तरिक हिसाब तथा अडिट गर्न १ महिनादेखि रोकिएको अनलाइन फारम पुन सुरु हुने भएको हो । साे विभागले १ महिनाको लागि देशभर मोटरसाइकल, कार लगायतको सवारी लाइसेन्स परिक्षाको अनलाईन फारम बन्द गरेको थियो । अनलाइन फारम देशभर साउन पहिलो हप्ताबाट सुचारु हुने विभागका निर्देशक तुलसी अर्यालले बताए ।

छिटो लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ । विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि इमर्जेन्सि लाइसेन्स वितरण गर्दै आएको छ । छिटो लाइसेन्स लिनको लागि विहान १०:३० देखि १२:३० सम्म विभागमा निवेदन दिइसक्नु पर्नेछ । साे विभागले अझै लाखौं स्मार्ट लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस