कुमारी बैकद्धारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । कुमारी बैंक लि.द्धारा एक कार्यक्रमका बीच शिशु कल्याण आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त बैंकको नारायणगढ शाखाको आयोजनामा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो ।

शैक्षिक सfमाग्रीहरु, स्कुल झोला तथा अन्य स्टेशनरी सामानहरु उक्त विद्यालयका अध्यक्ष चुडामणी अधिकारीको साथमा बैंक नारायणगढ शाखाका प्रमुख पुपेन्द्र खड्काले हस्तान्तरण गरेका थिए । आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामाी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस