एनएमबी बैंक र क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडाै ।  एनएमबी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने विशेष प्रकारकाे सम्झौता गरेको छ । साे सम्झौतामा बैंकका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन ।

उक्त अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरूबाट बिभिन्न खाले क्यान्सर रोगहरूको उपचार हुने गरेको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता बिभिन्न खाले सम्झौताहरू गर्ने गरेको बैंकले हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस