देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर

काठमाडौं । सरकारले निर्वाचन आचार संहिता लागू भएपछि शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ ।

विहिबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता लागु भएको मिति भदौ १४, २०७४ देखि २०७४ फागुन २ गते सम्म मन्त्रीपरिषद् र मन्त्रीस्तरीय निर्णयका आधारमा भएका सबै किसिमका राजनीतिक मनोनयन नियुक्तिको निर्णय खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले प्राधिकरण , संस्थान, परिषद्, समिति, बोर्ड, कम्पनी,बैक वा अन्य संगठित संस्था आदीमा मन्त्रीपरिषद् तथा मन्त्रीस्तरीय निर्णयका आधारमा गरिएको नियुक्ती खारेज गर्ने निर्णय गरेको हो ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री