काठमाडौं । मञ्जुश्री फाइनान्सको दशौं साधारणसभा भोलि हुँदैछ । मञ्जुश्री फाइनान्सले साधारण साधारण सभाबाट फाइनान्सको संचालक समितिले प्रस्ताव गरेको ५ दशमलव ७१ प्रतिशत बोनस शेयर पारित गरिने छ ।
उक्त सभामा कर तिर्न ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । कम्पनीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि असार ४ गते बुक क्लोज गरिसकेको छ । असार ३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
बोनस शेयरपछि फाइनान्सको चुक्ता पूंजी ८० करोड ४० लाखमाथि पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधनका साथै कुनै बैंक तथा वित्तिय संस्थासंग मर्जमा जाने अथवा मर्जमा ल्याउने विषयमा निर्णय लिने अख्तियारी साधारणसभाले संचालक समितिलाई दिने छ ।
तपाईंको प्रतिकृया




