news

सिद्धार्थ इन्स्योरेन्सको एकैसाथ ६ वटा शाखा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले  एकैसाथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमाशाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूतले संयुक्त रुपमा गरेका थिए । यस्तै गरि,नीजगढ शाखाको उद्घाटन नीजगढन गरपालिकाका मेयर सुरेशकुमार खनाल र कम्पनीका बरिष्ठ प्रबन्धक बद्रीबहादुर …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका जुनसुकै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्न सकिने छ । बैंकले १३१ वटा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं । सिटिजन्स बैंकले थप निष्कासन सेयर  ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको हो ।

पुरा पढ्नुहॊस »

सौन्दर्य प्रतियोगीताका ३४ बिजेताहरुको र्याम्प शो भव्यरुपमा सम्पन्न

काठमाडौँ ।  पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा समेतले भाग लिएका थिए । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस …

पुरा पढ्नुहॊस »

चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत रिलिज

काठमाडौँ । नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत रिलिज भएको छ । नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व-पश्चिम रेलको परिकल्पना गरिएको छ । चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

पुरा पढ्नुहॊस »

‘झमकबहादुर’को दोश्रो ट्रेलर सार्वजनिक

काठमाडाैं ।चलचित्र ‘झमकबहादुर’को दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन महर्जन, सुजाता थापाको मुख्य भूमिका छ । ओम सुनारको संगीत रहेको चलचित्रमा राजु किराँतको एक्सन छ । यो चलचित्र साउनको १८ गतेबाट नेपालभर रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

नेपाल इन्फस्टक्चर बैंकले खुलायो ४० भन्दा बढीलाई जागिर

काठमाडौं ।  नेपाल इन्फस्टक्चर बैंकले विभिन्न तहका लागि ४० भन्दा बढीलाई जागिर दिने भएको छ ।बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो । यस्तै गरि, सुचना प्रविधि विभागमा सहायक प्रवन्धक, केही सिनियर म्यानेजमेन्ट फलो, …

पुरा पढ्नुहॊस »

सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्या, १७ गतेदेखि एकिकृत कारोबार

काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले एकिकृत कारोबार हुन लागेको फाइनान्सले जनाएको छ ।आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ ।

पुरा पढ्नुहॊस »

पर्वतमा पहिरोले घर पुरिए, १ जनाको मृत्यु, ३ जना गम्भीर

पर्वत । अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे हाे । पर्वतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)  गुरुदत्त ढकालले १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको जानकारी दिए । प्रजिअ ढकालका अनुसार, हराएका ५ जना भने सम्पर्कमा अाएका छन् …

पुरा पढ्नुहॊस »

पोखराको भाटभटेनीमा कारमा आगलागी

पोखरा । मंगलवार पोखराको नयाँ सडकस्थित भाटभटेनी सुपर मार्केटको अण्डरग्राण्ड पार्किङमा राखिएको एक कारमा आगो लागेको छ ।  पार्किङ गरिएको बा ८ च १०५० नम्बरको कारमा आगो लागेको जानकारी प्राप्त भएकाे छ । आगालागीबाट कारको अघिल्लो भागमा क्षति भएकाे छ । आगलागीको कारण भने खुल्न सकेको छैन।

पुरा पढ्नुहॊस »