news

सिटिजन्स बैंकले पायो ‘बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट अवार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट अवार्ड २०१७’ पाएको छ । बैंकलाई  द इन्सिटिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल(आइक्यान) ले उक्त अवार्डबाट पुरस्कृत गरेको हो । आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखाप्रतिवेदनलाई मूल्यांकन गरी यो पुरस्कार वितरण गर्दै आएको छ । आइक्यानले बैंकको संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखाविवरण तथालेखा सम्बन्धि टिप्पणी तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गर्ने गर्दछ ।

पुरा पढ्नुहॊस »

रुकुममा जीपमा जीप दुर्घटना हुँदा,४ जनाको मृत्यु

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन। दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकको सीईओमा नरेशसिंह

काठमाडौं । लुम्बिनी विकास बैंकको सीईओ मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । नवनियुक्त सीईओ बोहराले बुधबार(आज)बाट कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

डा. केसीले भने, वार्ता गर्न मन्त्रीस्तरीय टोली चाहिन्छ

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीका समर्थक र सरकारबीचको वार्ताले औपचारिकता नपाइरहेका बेला डा. केसीले सरकारसँग मन्त्रीस्तरीय टोली गठनको माग गरेका छन्। सोमबार र मंगलबार वार्ताका लागि सरकारी पक्ष र डा. केसी समर्थक एकै ठाउँमा भेला भएपनि उनीहरुका आआफ्नै अडानका कारण त्यसले औपचारिक रुप लिन सकेको थिएन। सरकारी पक्षले पहिले डा. केसीलाई काठमाडौं ल्याएर उनको जीवन रक्षा गर्ने अनि वार्ता सुरु गर्ने अडान राखेको छ। डा. केसी समर्थकले भने पहिले डा. केसीको …

पुरा पढ्नुहॊस »

प्रेस युनियनको स्वास्थ्य शिविरमा डेढ सय पत्रकारको निशुल्क स्वास्थ्य जाँच

काठमाडौँ । प्रेस युनियनको स्वास्थ्य शिविरमा डेढ सय पत्रकारको निशुल्क स्वास्थ्य परिक्षण जाँच  गरेको छ ।  कांग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोबिन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले एकरती गम्भीरता नदेखाएको बताएका छन । काठमाडौंमा नेपाल प्रेस यूनियन केन्द्रिय समिति र हिल होम केयर प्रालिले संयुक्त रुपमा पत्रकारहरुका निम्ति गरेको ‘निशुल्क स्वास्थ्य परिक्षण’ कार्यक्रममा बोल्दै थापाले डा. केसीका माग पुरा गर्न तर्फ सरकार …

पुरा पढ्नुहॊस »

गायिका योजना पुरिको तीजको गीत सार्वजनिक

काठमाडौँ । गायिका योजना पुरिको तीजको गीत सार्वजनिक भएको छ । उनको “सपक्कै सारी सप्को पारेर” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । कलम सरगमको शब्द र गायिका योजना पुरिको आवाज छ भने, लय एकनारण भण्डारीको रहेको छ । यस गीतमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एक अरब बीमा प्रिमियम संकलन गर्न सक्षम

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क रु.१ अरब ९२ लाख आर्जन गर्न सफल भएको छ । उच्च व्यवस्थापन तथा कर्मचारीहरुसंग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त  गरे  । २०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लि. र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ  । सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे  । उक्त सम्झौता अनुसारनर्भिक अन्तर्राष्ट्रिय अस्पतालले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा उनीहरुको परिवार र यस बैंकका कर्मचारीहरु त्था कर्मचारीको परिवारको सदस्यहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने …

पुरा पढ्नुहॊस »

गर्मीकै कारण जापानमा १४ जनाको मृत्यु

टोकियो । जापानमा तातो हावाका कारण तीन दिनमा  १४ जनाको मृत्यु भएको बताइएको छ । सोमवार मात्रै केही क्षेत्रमा तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेको र उच्च तापक्रमले जोखिमयुक्त अवस्थाको सृजना गरेको जापानकोे मौसम विभागले बताएको हो । तातो हावाका कारण १४ जनाको मृत्यु हुनुका साथै हजारौं पीडितको अस्पतालमा उपचार भएको बताइएको छ । जापानमा तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि पुग्नु भनेको अत्यधिक गर्मी हुनु हो।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स विच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »