ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका जुनसुकै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्न सकिने छ ।

बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी …

प्रतिकृया दिनुहॊस