news

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा …

पुरा पढ्नुहॊस »

जुम्लामा प्रहरीको अवस्था गम्भीर, स्थिति झनै खराव

जुम्ला । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । प्रहरी चलाएको गोली लाग्दा जवान कमल उपाध्यायको अवस्था गम्भीर भएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले तनाव छ। केसीलाई प्रतिष्ठानबाट बाहिर ल्याउन स्थानीयले अवरोध पुर्‍याएका कारण अहिले प्रहरीले माइकिङ गरी उनिहरुलाई हट्न निर्देशन दिएको छ

पुरा पढ्नुहॊस »

कांग्रेसको चेतावनीपछि संसद बैठक सर्यो

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अरुद्ध पार्ने चेतावनी दिएलगत्तै प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेसले संसद अवरोध जारी राख्ने चेतावनी दिएका कारण बैठक सरेकाे हाे । सभामुख कृष्णबहादुर महराले बैठक एक हप्तापछि सारेकाे वताइएकाे छ ।  डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका विषयलाई सममावेश गर्दै विधेयक ल्याउनुपर्ने माग गर्दै कांग्रेसले असार ३१ देखि संसद बैठक अवरुद्ध पार्दै आएको हाे …

पुरा पढ्नुहॊस »

प्रहरीद्वारा जुम्लामा अस्पताल परिसरभित्रै अश्रुग्यास प्रहार, स्वास्थ्यकर्मी घाइते

जुम्ला । प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान परिसरभित्रै लाठी तथा अश्रुग्यास प्रहार गरेपछि स्वास्थ्यकर्मी, विद्यार्थी तथा डा केसीका समर्थकहरु घाइते भएका छन् । सहमति बिना नै काठमाडौं ल्याउन गएकाे प्रहरीलाई अस्पतालभित्र प्रवेश गर्नबाट विद्यार्थी, स्वास्थ्यकर्मी  तथा स्थानीयले अवरोध गरेकाे थियाे। यसलगत्तै प्रहरीले अन्धाधुन्द लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गरेर भीडलाई तितर वितर पार्दै अस्पतालभित्र प्रवेश गरेको छ ।  

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो यूरोमनी एक्सिलेन्स बैंक अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले युरोमनी एक्सिलेन्स बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार पाएकाे छ । आर्थिक मासिक पत्रिका युरोमनीले साउन २ गते हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको बैंकले जानकारी गराएकाे छ । नेपाल इन्भेष्टमेण्ट बैंकले यो अवार्ड पहिलो पल्ट प्राप्त गरेको हो । सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले …

पुरा पढ्नुहॊस »

समर्थक कुटिएपछि काठमाडौं आउन राजी भए डा. केसी

काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन राजी भएका छन् । प्रहरीले उनकासमर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन राजी भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’   डा. विषद दाहालले जानकारी गराए ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकको एफपीओ ३९ करोड ७२ लाखको बिक्री, आवेदन दिन अब ९ दिन मात्रै बाँकी

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) बिक्री नहुने देखिएको छ । बिहीबारसम्म बैंकको १३ हजार ४६५ आवेदकबाट ३९ करोड ७२ लाख ८३ हजार ६०० रुपैयाँको एफपीओ मात्रै बिक्री भएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । बैंकले एफपीओ निष्कासन साउन १३ गते बन्द हुने भएको समेत जनाएकाे छ । साे बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन …

पुरा पढ्नुहॊस »

डा. केसी काठमाडौं आउन मानेनन्

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन मानेनन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि सरकारले अाज बिहानै हेलिकोप्टर पठाएको थियो । यस्ताे थाहा पाएपछि डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको वताएका छन । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसँग ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ, सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’ …

पुरा पढ्नुहॊस »

बागलुङ जिप दुर्घटनामा परी पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

‍बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघा भालुपाईले भन्ने स्थानमा बुधबार सॉझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगर पनि रहेका छन् । उनको अवस्था अहिले खतरामुक्त रहेकाे छ । अहिले काठमाडाैकाे मेडिसिटी अस्पताल नख्खुमा उनकाे  उपचार भइरहेकाे छ । उनीसँगै घार्इते हुनेमा‍ बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन् …

पुरा पढ्नुहॊस »

डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो–शिक्षा मन्त्री

काठमाडौँ ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीस दिनदेखि अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै काठमाडौँ ल्याउन सरकारले बिहिबार हेलिकोप्टर पठाएको छ । उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकारलार्इ जानकारी गराए । मन्त्रालयका सचिव खगराज बरालसहितकाे टोली उनलाई लिन गएको हो । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने सरकारकाे तयारी छ …

पुरा पढ्नुहॊस »