काठमाडौं । सिटिजन्स बैंकले थप निष्कासन सेयर ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको हो ।
तपाईंको प्रतिकृया




