नेपाल इन्फस्टक्चर बैंकले खुलायो ४० भन्दा बढीलाई जागिर

काठमाडौं ।  नेपाल इन्फस्टक्चर बैंकले विभिन्न तहका लागि ४० भन्दा बढीलाई जागिर दिने भएको छ ।बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो ।

यस्तै गरि, सुचना प्रविधि विभागमा सहायक प्रवन्धक, केही सिनियर म्यानेजमेन्ट फलो, १६ जना अधिकृत, वरिष्ठ सहायक र सयहाक १४ जना नियुक्त गर्न लागेको बैंकले जनाएको छ ।

इच्छुक व्यक्तिले merojob.com मा साउन १६ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस