डा. केसी काठमाडौं आउन मानेनन्

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन मानेनन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि सरकारले अाज बिहानै हेलिकोप्टर पठाएको थियो ।

यस्ताे थाहा पाएपछि डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको वताएका छन । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसँग ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ, सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’ भनेका छन् ।

डा. केसीले माग पूरा नभएसम्म ‘चन्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने वताएका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस