काठमाडौं । अार्इतवार रातिबाट देशभर अत्यधिक वर्षा भएकाे छ। आज पनि देशैभर वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जानकारी दिएकाे छ। शाखाले देशभरका नदीहरुको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ। 
देशैभर मध्यम बर्षाको संभावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान छ। कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउंसो सम्म सतर्कता आसपास हुने संभावना छ भने दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहौं । पूर्वानुमान शाखाले उल्लेख गरेकाे छ।
तपाईंको प्रतिकृया




