सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने वताएकाे छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिने उल्लेख गरेकाे छ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीले धारणा राखेकाे छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालीलाई विदेश जान रोक्न र विदेशबाट आएकाले पनि सो अभियानमा भाग लिएर मासिक १ लाख रुपैयाँसम्म कमाउन सकुन भन्ने उद्धेश्यले अभियान सुरु गरेको कार्यक्रममा उल्लेख गरे।

यो अभियानमा २०० भन्दा धेरै सहभागी गराउने लक्ष्य रहेको समेत उनले जानकारी दिए । याे अभियानमा कम्पनीले पत्रकार रवि लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । हाल नेपालमा टाटाको ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोवाइल भ्यानहरु संचालनमा रहेका छन् । मोवाइल वर्कसप पनि संचालनमा ल्याउदै छ । नेपालमा हाल ७० भन्दा बढि रुटमा ५ हजार टाटा सुमोहरु संचालन भैरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई …

प्रतिकृया दिनुहॊस