पूर्व सभासद कमल पंगेनीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

पंगेनीको निधन हृदयाघातका कारण  भएको पारिवारिक स्रोतले जनाएको छ । । गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन्। पङ्गेनीको अन्त्येष्टि भोलि मात्र गरिने भएको छ ।   उहाँको अन्त्येष्टिमा पार्टी सभापति शेरवहादुर देउवा लगायत केन्द्रित नेताहरुपनि स्याङ्जा जाने तयारी छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस