news

वीरगञ्जमा आगलागी, १ घर जलेर नष्ट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८, वगहीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । स्थानीय बद्री महतोको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो ।   लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट एउटा भैंसी, ५ वटा बाख्रा, ४ लाख बराबरको टेन्टको समान, लत्ताकपडा सबै जलेर नष्ट भएको बद्रिको छोरा विनय मण्डलले बताए । आगलागी पछि १३ जना सदस्य रहेको मण्डल परिवारको …

पुरा पढ्नुहॊस »

‘वालेट अब मोबाईल’ मा भन्ने नारा सहित प्रभु ग्रुपको,प्रभु पे वालेटको सुरुवात

काठमाडौं । प्रभु ग्रुपले नेपालमा “वालेट अब मोबाइलमा” भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ । डिजिटल र क्यासलेस प्रविधिको सुरुवात गर्दै प्रभु ग्रुपले प्रभु पे एप्लीकेसनको सुरुवात गरेको हो । प्रभु पे डिजिटल वालेट आफ्नो मोबाईलमा डाउनलोड गरेपछि पैसासंग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ । वित्तिय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली पानीको बील भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाईल रिचार्ज गर्न ,प्रभु टिभिको रिचार्ज गर्न सकिन्छ …

पुरा पढ्नुहॊस »

एक महिलाले सडकमै शिशु जन्माईन

इलाम । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले सडकमै शिशुलाई जन्म दिएकी हुन् । सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारको   सडकमै  गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् ।

पुरा पढ्नुहॊस »

कोरियाबाट फर्केकालाई पुनः रोजगारको अवसर

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः भाषा परीक्षा सञ्चालन हुने भएको छ । भाषा परीक्षामा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण भदौ ४ देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सीबीटी) सञ्चालन हुन लागेको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको …

पुरा पढ्नुहॊस »

गुट्खा उद्योगमा बम विस्फोट

कैलाली ।  कैलालीको लम्कीचुहा नगरपालिका  – १ लम्की  रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट भएको छ । विहान ४ बजेर तिर देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट भएको हो । विष्फोटका कारण उद्योगको पर्खाल र छानामा क्षती भएको प्रहरीले जनाएको छ ।बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भईरहेको छ । सोहि उद्योगमा अज्ञात समुहले साउन २ गते समेत २ वटा बम राखेको भेटिएको थियो ।

पुरा पढ्नुहॊस »

यु–१५ साफ च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौँ । भुटानमा बिहिबारदेखि शुरु हुने १५ वर्षमुनिको यु–१५ साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

पुरा पढ्नुहॊस »

नेपाल आइडल २ बिहिबार र शुक्रबार ८ः३० देखि प्रशारण हुने

काठमाडौं । नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुने भएको छ । दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणका निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोता भने यो संस्करणमा रिमा विश्वकर्मासँग  आसिफ शाहलाई देख्न पाइनेछ । नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर भी कार, एउटा एल्बमको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पताल एन्ड रिर्सच सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा  दिर्घायु गुरुका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आईएमईका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबलले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कर्याकारी अधिकृतमा युगेशभक्त नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत थिए । बीमा क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अरब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । …

पुरा पढ्नुहॊस »

Wai Wai संगको संयोजनमा ग्लोकल 20 Under 20 को सुची सार्वजनिक

काठमाडौँ । वाईवाई र ग्लोकल प्रा लि. ले संयुक्त रुपमा नेपालका २०वर्ष भन्दा कम उमेरका  २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिवाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक गरेको छ । सो किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशिलता जस्ता विविध क्षेत्रमा  कार्यरत भै सकारात्मक काममा संलग्न रहेका छन्। समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुची निकाल्नुको उदेश्य रहेको छ। सुची निकाल्ने क्रममा ग्लोकल प्रा. …

पुरा पढ्नुहॊस »