बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ३ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

यो दिन चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम ढुवानी सुचारु

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग …

प्रतिकृया दिनुहॊस