‘वालेट अब मोबाईल’ मा भन्ने नारा सहित प्रभु ग्रुपको,प्रभु पे वालेटको सुरुवात

काठमाडौं । प्रभु ग्रुपले नेपालमा “वालेट अब मोबाइलमा” भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ । डिजिटल र क्यासलेस प्रविधिको सुरुवात गर्दै प्रभु ग्रुपले प्रभु पे एप्लीकेसनको सुरुवात गरेको हो । प्रभु पे डिजिटल वालेट आफ्नो मोबाईलमा डाउनलोड गरेपछि पैसासंग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

वित्तिय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली पानीको बील भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाईल रिचार्ज गर्न ,प्रभु टिभिको रिचार्ज गर्न सकिन्छ । युनियन पे र क्यू आर कोड स्क्यानमार्फतपनि पैसा तिर्न सकिने प्रभु ग्रुपले जानकारी दिएको छ ।

प्रभु ग्रुपले आफ्ना नियमित ग्राहकलाई १० लाख सम्मको दुर्घटना बीमा सुविधापनि दिने बताएको छ । त्यस्तै बीमाका लागि अरुलाई रिफर गरेमा ३० रुपैयाँ बराबरको ब्यालेन्सपनि प्रदान गर्ने बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस