news

साल्ट ट्रेडिङकाे ५६ औ बार्षिक उत्सवको अवसरमा रक्तदान

काठमाडाै ।  साल्ट ट्रेडिङ कर्पोरेशनले अाफ्नाे ५६ बार्षिक उत्सवको अवसरमा  रक्तदान कार्यक्रम अायाेजना गरेको छ । कर्पोरेशनले मूख्य कार्यालय सोल्टीमोडमा रक्तदान कार्यक्रम अायाेजना गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व भन्दै  रक्तदान कार्यक्रम गरेकोे साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले वताउनुभयाे । यसै अवसरमा झाले ५६ औ बार्षिक उत्सव कार्यक्रमा उत्कृष्ट कर्मचारी सम्मान सहित सामाजिक कार्यमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिने वताउनुभयाे ।

पुरा पढ्नुहॊस »

तम्घासमा ११५ लिटर घरेलु मदिरा नस्ट

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले एकैदिन १ सय १५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको गुल्मी प्रहरीले सदरमुकाम तम्घासमा मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र तयारी मदिरा १ सय १५ लिटर बरामद गरेको थियो । सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बहादुर पन्तले हस्ताक्षर गरे। सम्झौता पश्चात बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाहरुबाट निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

चार दिनसम्म साँझको समयमा उद्योगमा लोडसेडिङ

काठमाडौं । आगामी ४ दिन साँझको समयमा उद्योगहरुमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने धेरै सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात …

पुरा पढ्नुहॊस »

जनता बैंकको अन्तराष्ट्रिय रेमिट्यान्स सेवा

काठमाडौं ।   जनता बैंकले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् । बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबिच हालै भएको सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको …

पुरा पढ्नुहॊस »

एउटा मोबाइल किन्दा अर्को सित्तैमा

काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ ।चाबहिलको के एल टावरमा रहेको के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई लक्षित गर्दै मोबाइल मेला सञ्चालन गरेको छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु …

पुरा पढ्नुहॊस »

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी गर्न समझदारी

काठमाडाैं । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् ।समझदारीपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी नसरूल हमिदले हस्ताक्षर गरेका छन् ।बंगलादेशले नेपालकाे जलविद्युतमा लगानी गर्दै यहाँबाट विद्युत अायात गर्ने इच्छा देखाएकाे छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र प्रभु लाइफको इन्स्योरेन्सबीच भएको बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक  र प्रभु लाइफको इन्स्योरेन्सबीच भएको बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे । दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन् ।अब जीवन बीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक मार्फत समेत बुझाउन सकिने छ ।

पुरा पढ्नुहॊस »

सिटिजन बैंकको एफपीओ बाँडफाँड, ४६ हजार ३७६ ले १० कित्ता पाए

काठमाडौं । सिटिजन बैंकको थप निष्कासन (एफपीओ) आज  बाँडफाँड भएको छ । गोलाप्रथाबाट ४६ हजार ३७६ जनाले १० कित्ता दरले एफपीओ पाएका छन् । यस्तै ६ जनालाई ११ कित्ताका दरले परेको छ । माग भन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको  थियो ।

पुरा पढ्नुहॊस »