मध्यराति चार सवारी एकापसमा ठोक्किए : एकजनाको मृत्यु, २२ घाइते

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आइतबार राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस