गृहमन्त्रीको नाम उल्लेख गरेरै छानबिन समिति बन्ने कुराबाट पछि हट्दैनौँ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरूको अडान कायम रहेको बताएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए । उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए ।

उनले सत्तापक्ष विभिन्न शब्दहरूमा खेलिरहेको आरोप पनि लगाए । उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्बद्ध पदाधिकारीहरूलाई छानबिनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस