साताको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।

तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

यो दिन चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री