ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पताल एन्ड रिर्सच सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा  दिर्घायु गुरुका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आईएमईका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

ग्लोबलले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ ।

दिर्घायु गुरु अस्पताल चावेलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशत सम्म छुट पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस