आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कर्याकारी अधिकृतमा युगेशभक्त नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत थिए । बीमा क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अरब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कार्यकारी अधिकृतको सफथ लिंदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समिति, शेयधनीहरु, कम्पनीमा व्यवस्थापकिय पदमा कार्यरत कर्मचारी, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत समस्त कर्मचारी वर्गलाई धन्यवाद दिंदै कम्पनीका ग्राहक महानुभावहरुलाई सधन्यवाद व्यक्त गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम ढुवानी सुचारु

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग …

प्रतिकृया दिनुहॊस