चितवन दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो, २० घाइतेको उपचार हुँदै (नामावली)

काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनाका अर्का घाइते उपचारका क्रममा मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका ट्रक चालक राजन सुवेदी मृत्यु भएको छ ।

योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । मृतक सुवेदी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बासिन्दा हुन् । दुर्घटनामा १७ वर्षीय किशोरको पनि मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनकाअनुसार दुर्घटनामा २१ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए । गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेका घाइते

१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.। अवस्था मध्यम।
२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.। अवस्था मध्यम ।
३. जि.प्युठान मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल, अवस्था गम्भीर।
४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार। अवस्था मध्यम (उनी प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको)
५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने वर्ष २९ की पबित्रा दर्लामी, अवस्था सामान्य।
६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने वर्ष २८ को पुरन गिरी, अवस्था मध्यम।
७ जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २० को समिर केएम, अवस्था मध्यम।
८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३६ को तारापती बुढाथोकी, अवस्था मध्यम।
९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३५ की मुनादेवी बुढाथोकी, अवस्था मध्यम।
१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने वर्ष ५६ की मनदेवी थापा, अवस्था गम्भीर।
११. जि.प्युठान बस्ने वर्ष ६० को पदम थापा, अवस्था सामान्य।
१२. जि.प्युठान प्युठान न.पा १० बस्ने वर्ष २१ को सुशिल के.सी., अवस्था मध्यम।
१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने वर्ष वर्ष १७ की प्रतिभा भण्डारी, अवस्था मध्यम।
१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष १८ की सलिसा थापा, अवस्था मध्यम।
१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने वर्ष ३८ को प्रकास के.सी., अवस्था मध्यम।
१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष ५३ की पार्वता के.सी, अवस्था मध्यम।
१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने वर्ष ३२ को गौरव झाक्री, अवस्था गम्भीर।
१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने वर्ष २९ को दिपक सुनार, अवस्था सामान्य।
१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ वस्ने बर्ष ४९ लाम बहादुर दर्लामी, अवस्था मध्यम।
२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २५ को सन्तोष के.सी., अवस्था गम्भीर।
२१. ट्रक चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने वर्ष २१ को राजन सुबेदी, मृत्यु
२२. ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने वर्ष २६ को सुवास कार्की, अपस्था सामान्य । उपचारपछि प्रहरी नियन्त्रणमा।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस