Wai Wai संगको संयोजनमा ग्लोकल 20 Under 20 को सुची सार्वजनिक

काठमाडौँ । वाईवाई र ग्लोकल प्रा लि. ले संयुक्त रुपमा नेपालका २०वर्ष भन्दा कम उमेरका  २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिवाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक गरेको छ ।

सो किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशिलता जस्ता विविध क्षेत्रमा  कार्यरत भै सकारात्मक काममा संलग्न रहेका छन्। समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुची निकाल्नुको उदेश्य रहेको छ।

सुची निकाल्ने क्रममा ग्लोकल प्रा. लि.का प्रबन्धक निर्देशक आशिष ठाकुर भन्नुहुन्छ, “ हामीलाई यो दोश्रो बार्षिक सुची निकाल्दा सम्म यी किसोर किशोरीहरुले गरेका कामले समाजलाई टेवा पुर्याएको देख्दा अत्यन्त खुसि लाग्छ ।
एकातर्फ यी २० जनाले समान विचार भएको बलियो टीमको प्रतिनिधित्व गर्छन भने अर्को तर्फ यी भबिस्यका कर्णधार हुन्।“

यस वर्षका उत्कृष्ट किसोर किशोरीको सुची यस प्रकार रहेको छ
१ आंचल अधिकारी (काठमाडौँ), १९
२ आशुतोष सापकोटा (बिराटनगर), १८
३ अभिषेक अधिकारी (धरान), १९
४ अमित खनाल (बुटवल), १६
५ अनिल प्रधान (झापा), १६
६ अनिशा रुचाल (धनकुटा), १५
७ विकल्प ढुंगाना (तनहुँ), १९
८ दीपा अधिकारी (पोखरा), १९
९ दीप्शिका घिमिरे (मकवानपुर), १८
१० दिपिषा भुजेल (रसुवा), १६
११ कोविड राज पन्थी (लमजुंग), १४
१२ निवेश बराल (पोखरा), १७
१३ पलिसा शाक्य (काठमाडौँ), १४
१४ प्रसंशा के. सी (रुकुम), १७
१५ रिदम साह (मोरंग), १७
१६ साहिल कुमार गुप्ता (जनकपुर), १५
१७ सौगात तिवारी (चितवन), १९
१८ सुदर्शन सुबेदी (ओखलढुंग), १८
१९ स्वोर्निम श्रेष्ठ (सिन्दुपल्चोव्क), १७
२० यतिश ओझा (झापा), १८

 

देश भरि बाट आएको ५३० भन्दा बढी आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन्। यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन ।

चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको भव्य सम्मान समारोहको बेलामा सेप्टेम्बर १ मा सोल्टी क्रौने प्लाजामा गरिने छ ।   20 under 20   हरु एकसाथ बर्षभरि समाजमा सकारत्मक परिवर्तन ल्याउन अझै प्रभावशाली तरिकाले   काम गर्ने छन्।

उनीहरुबाट आफुसंग भएका नेतृव र अन्य गुणलाई देखाउने र बढाउने आशा राखिएको छ । त्यो   संगसंगै भबिष्यमा आफुलाई एक सक्रिय युवा नेताको रुपमा उभिने बाटो बनाउने छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस