नेपालमा शक्तिशाली ‘रेमल’ चक्रवातको असर देखिने, सतर्कता आवश्यक

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित शक्तिशाली ‘रेमल’ चक्रवातबाट नेपालका चार प्रदेशमा प्रभाव पार्न सक्ने भएकाले सकर्त रहन आग्रह गरेको छ ।

आइतबार अपराह्न एक बुलेटिनमार्फत महाशाखाले नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णरूपमा बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार कोसी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली शनिबार साँझ चक्रवातमा परिणत भएर अहिले शक्तिशाली चक्रवातको रूपमा रहेको छ । उक्त चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस