Tag Archives: mainnews

डब्ल्यूएचओले भन्यो- ‘२०२१ अघि कोरोनाको भ्याक्सिन बन्ने आशा छैन’

काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्ध निर्माण भएका खोपको सफल परीक्षणले विश्व समुदायमा एक प्रकारको आशा जगाईरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको शुरुवाती अघि आशा गर्न सकिँदैन ।’ डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भए पनि सुरक्षा मानकमा कुनै …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वमा १ करोड ५३ लाखभन्दा बढी संक्रमित, ६ लाख २९ हजारको ज्यान गयो

काठमाडौं । विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो विवरण अनुसार विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको हो । वर्ल्डोमिटर्सका अनुसार बुक्रबार एकैदिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ । आज बिहानसम्म …

पुरा पढ्नुहॊस »

कमजोर बन्दै मनसुनः तर जोखिम टरिसकेको छैन, अझै सचेत रहौं

काठमाडौ । मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ । अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताए । साउन ४ र …

पुरा पढ्नुहॊस »

थप १०० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ९४  जना पुग्यो

काठमाडौं । आज बुधबार थप  १००  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप १०० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ९४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४२  जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ६  सय ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु  हो । गत साउन १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति मृत्यु  भएको हो । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । योसगै नेपाल कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या …

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडकमा पुनः पहिरो, सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । विगत तीन दिन लगातार  परेको वर्षाका कारण खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने जनाईएको छ ।

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू-भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै  स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ आगामी तीन दिनको मौसम पूर्वानुमान : साउन ७ गते (बुधबार) दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय १० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय १० जना पुगेको छ भने १ करोड ५० लाख ९१ हजार ८ सय ८०  जना सङ्क्रमित रहेका छन् । त्यसैगरि ९१ लाख १० हजा २ सय ८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र मेक्सिकोमा छ । अमेरिकामा हालसम्म १ लाख …

पुरा पढ्नुहॊस »

लकडाउन अन्त्य -भयो सरकार

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको भनेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको  वताएका हुन् ।

पुरा पढ्नुहॊस »

थप १५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुग्यो

काठमाडौं । आज मंगलबार थप  १५०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप १५०  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  

पुरा पढ्नुहॊस »