Tag Archives: mainnews

माओवादी केन्द्र स्थायी कमिटी बैठक: पार्टीको विधान पारित

नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो। बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी …

पुरा पढ्नुहॊस »

निपा भाइरस निकै खतरनाक छ, संक्रमणबाट बच्न सतर्क रहनुहाेलाः स्वास्थ्य मन्त्रालय

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका छन्। प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए। प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको …

पुरा पढ्नुहॊस »

आज थप १ हजार ५६२ जनामा कोरोना संक्रमण,१९ जनाकाे मृत्यु

काठमाडाै । मंगलबार नेपालमा थप १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५६२  जनामा संक्रमण पुष्टि भएको हो । आज थप १९  जनाको मृत्यु भएको छ भने १५८९  जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  । आज १४ हजार ४४३  नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

अमेरिकामा आगलागी हुँदा ५ नेपाली भाषीको मृत्यु

काठमाडौँ । अमेरिकाको ओहायो राज्यको आक्रन सहरस्थित एक घरमा भएको आगजनीमा ५ जना नेपाली नेपाली भाषीको मृत्यु भएको छ । १९ न्युजले उल्लेख गरेअनुसार सोमबा भएको आगलागीमा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको हो । उनीहरु नेपाली भाषी भुटानी भएको बताइएको छ । आगलागीमा ४ जना घाइते भएको जनाएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा सोमबार बिहान १२ः५० मा आगो लागेको हो । उनीहरू पढ्ने विद्यालय …

पुरा पढ्नुहॊस »

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन्। सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए। संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक …

पुरा पढ्नुहॊस »

हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन

काठमाडौं । गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत् उक्त वर्षमा तीन हजार ६५८ बालबालिका हराएकामध्ये तीन हजार नौ जनालाई पुनर्मिलन गराइएको हो । सोही अवधिमा बेवारिसे फेला परेका १९७, सडक बालबालिका ३५५ र जोखिमपूर्ण कार्यमा संलग्न तथा सडकमा वस्तु विनिमयमा संलग्न ५८ बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका …

पुरा पढ्नुहॊस »

आज कागे अष्टमी मनाइँदै, यस्तो छ धार्मिक महत्त्व

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यस अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा …

पुरा पढ्नुहॊस »

आज प्रतिनिधि सभा बैठक बस्दै, के छन् कार्यसूची?

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसअघि तीन पटक बसेका बैठकहरू एमालेले अवराेध …

पुरा पढ्नुहॊस »

नेकपा (एकीकृत समाजवादी)द्वारा प्रदेश नं १ सरकारलाई दिएकाे समर्थन फिर्ता

प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको छ। प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ। सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरिन्। दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजका मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ। सो अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीद्वारा वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ। पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ। आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ। खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन्। उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए भने त्यसको भोलिपल्ट मन्त्री …

पुरा पढ्नुहॊस »