Tag Archives: mainnews

कास्कीको माछापुच्छ्रेमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५:४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर …

पुरा पढ्नुहॊस »

झन् बढ्दै कोरोनाः विश्वभर १ करोड ३९ लाखभन्दा धेरै संक्रमित

काठमाडौं । विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकैदिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ । …

पुरा पढ्नुहॊस »

यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालभर मनसुनी वायुको रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ आगामी दिन …

पुरा पढ्नुहॊस »

थप १६७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ३ सय ४४ जना

काठमाडौं । आज विहीबार थप  १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप  १६७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ३९ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये११ हजार २ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक पहिरो अपडेट : दुई जनाको शव भेटियो,अझै तीन जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंबर ४ स्थित फुल्पिङकट्टी गाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । पहिरो  बेपत्ता भएका ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको छ । अन्य तीन जना  ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको  प्रहरीले जनाएको छ । पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै एकै …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक पहिरोः एक जनाको शव भेटियो, चार अझै बेपत्ता [अपडेट]

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंबर ४ स्थित फुल्पिङकट्टी गाउँमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ४ महिला बेपत्ता भएका छन । पहिरोले ३५ बर्षीया निमा साङ्मु शेर्पाको मृत्यु भएको छ । उमेर खुल्न नसकेको आमा सोम्बुटी शेर्पा, ४८ बर्षीया सेम्साङ शेर्पा, १६ बर्षीया याङ्जी शेर्पा र १२ बर्षीया छिरिङ ओङ्मु शेर्पा बेपत्ता भएको स्थानीयले बताएका छन् । पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै …

पुरा पढ्नुहॊस »

निजी विद्यालयका अनलाइन कक्षा बन्द, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं । निजी स्कुल सञ्चालकहरुले आजदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गरेका छन् । आफूहरुको माग पूरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको भन्दै उनीहरुले अनलाइन कक्ष बन्दको घोषणा गरेका हुन् । निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठकले अनलाइन कक्षा बन्द गर्ने, सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय पनि गरेको हो । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र …

पुरा पढ्नुहॊस »

रोकिएन कोरोना कहर : विश्वभर १ करोड ३६ लाख संक्रमित, ५ लाख ८५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड–१९ का कारण ५ लाख ८६ हजार ७७४ जनाको ज्यान गएको हो । संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ९१६ पुगेको छ भने उपचारपछि निको हुनेहरुको सख्या ८० लाख ३६ हजार ४७३ पुगेको वल्र्डोमिटरले जनाएको छ । सबैभन्दा धेरै अमेरिकामा १८ लाख ३२ हजार १०९ जना सक्रिय …

पुरा पढ्नुहॊस »

फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् । राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । घटनाको विस्तृत …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भवना, सतर्क रहन आग्रह

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेकाेले केहि दिन लगातार वर्षा हुने जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको बताउँदै महाशाखाले देशभर आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- साउन १ गते (बिहिबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही …

पुरा पढ्नुहॊस »