Tag Archives: mainnews

थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३ सय ९० पु्ग्यो

काठमाडौं । आज  बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप ३८१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार १ सय ५६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट नेशनल मेडिकल कलेजमा कार्यरत एक पुरुषको मृत्यु

पर्सा  । वीरगन्जमा कोरोना संक्रमणले थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो  । मुटु तथा मधुमेह रोगका बिरामी रहेका  युवकको आज  (बुधबार) विहान उपचार क्रममा मृत्यु भएको  बताइएको छ  । नेशनल मेडिकल कलेजमा सोमबार राति भर्ना भएका  उनको मंगलबार  कोरोना पोजेटिभ रिपोट आएको थियो र उनलाई मंगलबार राति नै अस्थाइ कोरोना अस्पताल विरगंज हेल्थ केयरमा भर्ना गरिएको थियो …

पुरा पढ्नुहॊस »

नबिल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त

काठमाडौं। नबिल बैंकको डेपुटी जनरल म्यानेजर (DGM) मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । उनले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै छन् । गत बैशाख ११ गते ज्ञवालीले  ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए । उनी निकै हक्की र स्पष्टवक्ता बैंकरको रुपमा चिनिन्छन् । ज्ञवाली नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी  समेत  हुन् ।  

पुरा पढ्नुहॊस »

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौं ।  आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम मौसमविद्ले  जनाएका छन्  । प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम मौसमविद्ले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान साउन २१ गते (बुधबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली  रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ । प्रदेश १, प्रदेश २, बागमती  प्रदेश  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। राती : देशका अधिकांश भू-भागमा सामान्य वदली  रही  थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ७ लाख ४  हजार३ सय ६५ जना पुगेको छ भने १ करोड ८७ लाख १ हजार ६  सय ७२ जना सङ्क्रमित रहेका छन् । त्यसैगरि १ कोरोड १९  लाख १५ हजार ३ सय ३१  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल, म्याक्सिको र  बेलायत छ । अमेरिकामा हालसम्म …

पुरा पढ्नुहॊस »

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

पर्सा।  पर्सामा गत  सोमबार मृत्यु भएकी  १८ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीलाई पखाला लागेको थियो । उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थपिए ६२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज मंगलबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४८ , ललितपुरका १ जना  र भक्तपुरका १३ जना   गरी जम्मा ६२ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या  २१ हजार ९   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५  हजार २६  जना उपचारपछि निको भएर घर फर्किएका छन् …

पुरा पढ्नुहॊस »

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ९ पु्ग्यो

काठमाडौं । आज मंगलबार थप २५९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप २५९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५  हजार २६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५  जना कर्मचारीमा   कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १ सय ८२ जना  कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५  जना  कोरोना संक्रमण पुष्टि भएपछि  उनीहरुसंग  सम्पर्कमा आएका व्यक्तिहरुको  कन्याक ट्रेसिङ सुरु गरिएको छ ।

पुरा पढ्नुहॊस »

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप नबन्न पनि सक्छ : डब्लुएचओ

काठमाडौं । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन् । जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लुएचओका प्रमुख टेड्रोस अधनोम घेब्रेएससले कोरोना भाइरसविरुद्धको खोपको आशा गरिए पनि कहिल्यै नबन्न सक्ने संभावना पनि रहेको बताएका हुन् । घेब्रेएससले भने- ‘कोभिड-१९ विरुद्ध अहिले कुनै चाँदीको गोली छैन र त्यो कहिल्यै नबन्न पनि सक्छ ।’ विश्वभरिका मान्छेले यति बेला महामारीबाट बच्न व्यक्तिगत दूरी कायम गर्ने, …

पुरा पढ्नुहॊस »